जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी | Khabarhub Khabarhub

जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १७६ कैदीबन्दी बस्न बाध्य छन् ।

हाल पुरुषतर्फ एक सय ६६ र महिलातर्फ १० गरी १७६ कैदीबन्दी रहेकामा एकजना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल तीन नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५ थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा   थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिए । 

‘कैदी बन्दी क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीलाई सुत्न, शौचालय जान पनि निकै अप्ठ्यारो भएको छ’ कारागार प्रमुख केसीले भने ‘महिला कैदी बन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छन तर पुरुष कैदीबन्दीलाई निकै समस्या छ ।’ हाल कारागारमा सबैभन्दा धेरै करणी, कर्तव्य ज्यान, मानव बेचबिखन, हातहतियार खरखजना, ठगी र वैदेशिक रोजगारी कसूरका कैदी तथा बन्दी रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका