सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने « Khabarhub

सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ ।

क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो ।

भक्तजनहरूको चाप बढी हुने समयमा सञ्चालन गर्ने योजना गरिएको शिविर परीक्षण स्वरुप २४ साउन बिहान ८ देखि १० बजेसम्म दुई घण्टा सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्ताेष पौडेलले जानकारी गराए ।

पहिलो पटक मंगलबार सञ्चालित  शिविरको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो । शिविरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ५७ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको