प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी | Khabarhub Khabarhub

प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रूपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिराहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको पाइएको हो ।

तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रूपमा घुसबापतको अवैध रकम तिरी ) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोसाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गरी तस्करको गोदामसम्म पुर्‍याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमा नाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाको विभिन्न बाटो प्रयोग गरी तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीय दिपेन्द्र यादवले  बताए ।

उनले थपे, ’सिराहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहर”ले  यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ र वारि (नेपाल)बाट व्यापक रूपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरू पारि (भारतीय बजार )पुर्‍याइन्छ ।’

वरियारपट्टिका स्थानीय अरविन्द यादवका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार )पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिराहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएका छैनन् ।’

गत बुधबार माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिराहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइकल यात्रीलाई ठक्कर दिएको थियो ।  साइकलमा सवार सिराहा नगरपालिका-२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थल पुगेका विष्णुपुर प्रहरी चौकीले कारभित्रबाट तीन वटा बोरामा रहेको कपडा बरामद गरेको थियो । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरी १५ लाख ७६ हतार रुपैयाँसहितको मूल्याङ्कन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।

माडर नाकाबाटै  भित्रिएका उक्त कार र तस्करीका सामानसहितको लागत माडर भन्सारमा पाइएनन् । गत आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले स्वीरेकाे छ ।  यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले जनाए । ‘यो थोरै मूल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन,’ निरीक्षक उप्रेतीले भने ।

तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले भने, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता छैन ।’  सिराहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने अवैध सामान मिर्चैया, सिराहा र गोलबजारस्थित तस्करहरूको गोदामसम्म सहज रूपमा पुग्नु र यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थोरै सामान रहेको भन्दै पन्छिन खोज्नुले स्थानीयले मिलोमतोकाे आशंका गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : १४ बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई