आदिवासीको हकहित, भाषा संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री  « Khabarhub

आदिवासीको हकहित, भाषा संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । २८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख समानुपातिक समावेशिताको विषयलाई व्यवहारलाई उर्तान पनि आफूले पहल गरेको जानकारी दिए। आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको विकासमा उनीहरूको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए । उनले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको मागलाई आफूले पुरा गर्ने आश्वासन दिए। 

दिवसका अवसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्‍याली समेत निकालिएको थियो । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ३६ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख