मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली « Khabarhub

मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली

परिवर्तित सजाय १२ वर्ष कैद, अब भुक्तान गर्न बाँकी ६ वर्ष



दोहा – वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ।

उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।

फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। उनले ६ वर्ष कैद भुक्तान गरिसकेको र अब बाँकी कैद सजाय भुक्तान गरेर नेपाल फर्किने जनाइएको छ।

यसअघि पनि मलेसियामा लागूऔषध तस्करी र बिक्रीवितरणको अभियोगमा पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली युवा मृत्युदण्डबाट जोगिएका थिए । गाँजा तस्करीको अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपाली युवा राजकुमार साह मृत्युदण्ड हुनबाट जोगिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण