काठमाडौँमा एकै दिन मापसे गर्ने १८० सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौँमा एकै दिन मापसे गर्ने १८० सवारी चालक कारबाहीमा 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको हो ।

बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : १७ बजे

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’