बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था « Khabarhub

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि राजीनामा नदिने भएका छन् ।

उनले आइतबार महानगरको प्रमुखबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गर्ने चर्चा थियो । तर राजीनामा नदिई उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । त्यसपछि उनले मंगलबार उम्मेदवारी दिने तयारी गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलहरूले स्थानीय तहको प्रमुख, उपप्रमुखलाई टिकट प्रदान गरिरहेका छन् । के उनीहरूले बहाल रहेको सार्वजनिक पदबाट राजीनामा नदिई प्रतिनिधिसभाको उम्मेदवार बन्न मिल्छ ? धेरैले यो जिज्ञासा राखिरहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न कुनै सार्वजनिक पदबाट राजीनामा अनिवार्य नभएको बताएका छन् ।

‘प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ ले उम्मेदवार बन्नुअगाडि राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ तर, निर्वाचन आचारसंहिताले उम्मेदवारी दिएपछि पद स्वतः निष्क्रिय हुने व्यवस्था गरेकोले राजीनामा नदिई उम्मेदवारी दिनसक्छन्’, उनले भने ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को व्यवस्था

निर्वाचन आचारसंहिता २०८२ ले भने प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयन दर्ता भएपछि बहाल रहेको पदबाट स्वतः पदमुक्त भएको मानिने व्यवस्था गरेको छ ।

यस्तो छ आचारसंहिताको व्यवस्था :

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा