साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै  « Khabarhub

साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले निराश पार्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक छ। बराबरीको नतिजाले भने भारत समूह विजेता बन्नेछ। त्यसैले समूह विजेता बन्न नेपालका लागि जितको विकल्प छैन। नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन्।

पहिलो खेलमा भारतसँग ३–० ले पराजित भुटान लगातारको दोस्रो हारपछि भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ।

समूह ‘ए’ को पहिलो खेलमा आयोजक श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो। शुक्रवार नै श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ। जुन खेलले समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउने छ। नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन्।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्दै आएको छ।

सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। नेपाल सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भयो। सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो।

सन् २०१७ मा यु–१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेर समूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो। सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

यु–१५ र यु–१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता सातौँ संस्करणमा आएर यु–१७ को उमेर समूहमा हुन लागेको हो।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ३६ बजे

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट