२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर | Khabarhub Khabarhub

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैन।

गत चैतयता काठमाडौँमा थुप्रिएको फोहोर उठ्न सकेन। सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो। त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो। फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो।

तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ। फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ। काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ।

महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौँका सडकमा फोहोर देखिन छाडेको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास