स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट « Khabarhub

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा उत्कृष्ट भएको हो ।

स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ ।

प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रदर्शनीमा पनि उत्कृष्ट भएको छ । बेसीशहरमा दुई दिनसम्म भएको वार्षिक समीक्षा कार्यक्रममा सहभागी पाँचजिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रदर्शनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो ।

यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ५५ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन