जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना « Khabarhub

जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्।

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्’, उनले भने।

बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन्। सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले बताए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ। नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन।

धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताए। ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन्। अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउँछन्।

-रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ०९ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन