कनकाईमा ‘मास लाइट’ जडान « Khabarhub

कनकाईमा ‘मास लाइट’ जडान


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको कनकाईमा ‘मास लाइट’जडान धमाधम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ। उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ। एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उनले बताए। हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ।

‘दुई स्थानमा जडान भइसकेको छ’, पोखरेलले भने, ‘थप दुई स्थानमा जडान जारी छ।’ सोह्र मिटर अग्लो पोलमा जडान गरिने स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ। भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ।

हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ। नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ।

-रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ५३ बजे

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शक्ति

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको