कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस « Khabarhub

कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मनाङ– नेपाली कांग्रेस मनाङले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरिएको छ ।

कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको पार्टी सभापति शंकरगुरुङले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा) लाई सिफारिस गरिएको छ ।

प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको जनाइएको छ ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा गठबन्धन सरकारका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको सभापति गुरुङले बताउनुभयो । गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसद सहभागी छन्। यसअघि राजीव गुरुङ (दीपक मनाङगे)  मनाङबाट स्वतन्त्ररूपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । 

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेल्नुभएका खेलकुदमन्त्री गुरुङलाई कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको बताइएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) समानुपातिकतर्फ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ३० बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय