दिउँसो १ बजेसम्मका मुख्य १० समाचार « Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन्। आज पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनः दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

२. नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पुरा नहुने बताएका छन् । आज काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पुरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका हुन् । उनले नारालाई काममा रूपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे।

३. मधेसमा ६० प्रतिशत क्षेत्र आफूहरूले लिने कांग्रेसको दाबी
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६० प्रतिशत क्षेत्र आफूहरूले लिने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने यसअघि नै निर्णय गरेको गरे पनि कुन दलले कति सिट लिने भन्ने सत्ता गठबन्धनमा छलफलकै क्रममा छ ।

४. बिपीको दृष्टिकोण अहिले पनि जीवन्त : महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई बुझ्ने क्रममा विश्वेश्वरप्रसाद कोइरालाको दृष्टिकोण अहिले पनि जीवन्त रहेको बताएका छन् । बिपी जन्मजयन्तीका अवसरमा काठमाडौँको सुन्दरीजलस्थित बिपी संग्रहालयमा रहेको बिपीको सालिकमा माल्यार्पण कार्यक्रममा उनले अहिले कांग्रेसको घोषणापत्रमा निरन्तरतामा नवीनता प्रदान गर्ने जिकिर गरे। कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले पार्टीको घोषणा पत्रले युवाहरूलाई आगामी बाटो देखाउने दाबी गरे।

५. गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायो
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन्। काठमाडौँमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यान उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले साँध सीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको टिप्पणी गरेका हुन् ।

६. महानगरले उठायो टेकुको फोहर
काठमाडौँ महानगरपालिकाले छ महिनादेखि टेकुमा थुपारिएको फोहर उठाएको छ । ६ महिनादेखि थुपारिएको फोहोर करिब एक महिना लगाएर उठाएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । स्थानीयको विवादका कारण ल्यान्डफिल साइड लैजान नसकेको फोहोर संकलन गरी टेकुमा थुपारिँदै आएको थियो । ल्यान्डफिल साइटको समस्या समाधान भएसँगै उठाउन थालिएको  थियो ।

७. चार दिनदेखि हराइरहेकी किशोरी मृत फेला
चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन् धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी शर्मा आज बिहान नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले  जनाएको  छ ।

८. मिथिलाञ्चल क्षेत्रमा आज अनन्त चतुर्दशी पर्व मनाइँदै
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज भगवान् विष्णुको विशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्व मनाइँदैछ। मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा रहेको छ । यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिक रूपमा पूजा गर्ने चलन छ ।

९. सेनाद्वारा रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान
नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।

१०. विद्रोही समूहका १ सय २० जना लडाकु मारिए
रुसी सेनाले गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकुहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकुहरुलाई लक्षित गरी  रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : ११ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको