पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङपाल | Khabarhub Khabarhub

पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङपाल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चौतारा– पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । 

समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताए । पालिका अध्यक्ष लामाका अनुसार प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ । 

गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी पर्यटन प्रवर्द्धनका लागी सबैभन्दा महत्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताए । हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भू-भागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने गर्दछ ।

पालिकाले महत्वाकांक्षी योजनको रूपमा पाँचपोखरीसम्म केवलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ छ दशमलब पाँच किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । केबलकार निर्माण गर्न झण्डै दुई अर्ब लाग्ने अनुमान छ ।

केबलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने बताउँछन् वडा नम्बर -३ भोताङका वडाअध्यक्ष निमाछिरिङ तामाङ । वडाअध्यक्ष तामाङका अनुसार यसका लागि यहाँ दुईवटा वैकल्पिक बाटो समेत निर्माण भइरहेको छ । मेलम्ची-भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जालापास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उनले बताए । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : १५ बजे

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा