छाडा पशु चौपायाको व्यवस्थापनको पहल « Khabarhub

छाडा पशु चौपायाको व्यवस्थापनको पहल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्ज सहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल सुरुआत भएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको छ ।

बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बङ्गुर) सडकमा छाडा नछोड्न आग्रह र माइकिङसहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशु चौपाया छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। 

छाडा पशु चौपायाका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालीन व्यवस्थापनमा तत्काल जुटेको बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमानाका पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए। ट्राफिक व्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको व्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको व्यवस्थापनका लागि अन्तर पालिकासँग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए।  नेपालगञ्ज नगर उपप्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायको व्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाइका साथ प्रस्तुत हुने बताए । 

नेपालगञ्जमा छाडा छोडिएकामध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखे पनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाइ छ । गधा, खच्चड र घोडा भने जरिवाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपाय कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने जनाइएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ३५ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल