काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने « Khabarhub

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् ।

महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।

बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् ।

रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अगाडि सार्ने सहमति गरिसकेको छ ।

रास्वपाले बैठक अगाडि घण्टी घरमा बालेनलाई भव्य स्वागतको तयारी गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र