कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त | Khabarhub Khabarhub

कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन् । तर, स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ । प्रदेशमा दुई हजार ८६२ स्वीकृत दरबन्दीमध्ये एक हजार ७२२ जनाको मात्रै पदपूर्ति भएको छ । अहिले पनि एक हजार १४० पद रिक्त छन् ।

आयोगका अनुसार हाल प्रदेश मातहतमा सातौँ र आठौँ तहका गरी ३४३ जना कर्मचारी माग गरिएको छ । लोकसेवा आयोगमा कर्णाली प्रदेशअन्तर्गत सातौँ तहका लागि २९२ पदको विवरण पेस भएको छ । आठौँ तह मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल सर्जन गरी ५१ जनाको विवरण प्रदेशले आयोगमा पेस गरेको हो ।

प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्षपछि आयोगले दरबन्दी सिफारिसको काम अघि बढाएको छ । आयोगले पहिलो पटक पाँचौँ तहको तथ्यांक सहायक पदको अन्तर्वार्ता गर्न लागेको छ । केही दिनमा अन्तर्वार्ता सकेर कर्मचारी सिफारिस गर्ने तयारी आयोगको छ । प्रदेश निजामती ऐन पारित नहुँदा भने कतिपय काम प्रभावित भएको जनाइएको छ ।

पदपूर्ति, सरुवा, बढुवाजस्ता काम रोकिएका छन् । हाल आयोगले कति सङ्ख्यामा विज्ञापन गर्ने र कति सङ्ख्या आन्तरिक बढुवाका लागि छुट्टाउने भन्नेबारे गृहकार्य गरिरहेको आयोगका प्रवक्ता खत्रीले बताउनुभयो ।

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका सातौँ तथा आठौँ तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउने भएको छ । आयोगले असोजको अन्तिम मंगलबार खुला तथा समावेशीतर्फ पदपूर्तिका लागि विज्ञापन गर्ने भएको हो । कर्मचारी सिफारिसका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहसँग माग संकलन गरेको छ । आयोगले गएको २ साउनमा पदपूर्तिका सम्बन्धमा सातौँ र आठौँ तहमा रिक्त पदको विवरण माग गरेको थियो । कर्णालीका ७९ वटामध्ये ७२ स्थानीय तहले मात्र सातौँ र आठौँ तहका कर्मचारीको माग विवरण पेस गरेका छन् ।

प्रदेश लोकसेवा आयोगका प्रवक्ता (उपसचिव) बुद्धिबहादुर खत्रीले छ वटा स्थानीय तहबाट भने कर्मचारी पदपूर्तिका लागि विवरण पेस नभएको बताए । उनका अनुसार ७२ वटा स्थानीय तहले सातौँ तहका लागि २२३ पदपूर्तिका लागि माग गरेका छन् ।

कर्णालीका नौ वटा स्थानीय तहले आठौँ तहको कर्मचारीको पदपूर्तिका लागि माग गरेका छन् । जसमा मेडिकल अधिकृतको माग गरिएको छ । आयोगले कर्मचारी पदपूर्तिका लागि आवश्यक विवरण पठाउन भने पनि दुवै तहका कुनै पनि पदमा छ वटा स्थानीय तहले माग गरेका छैनन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले पदपूर्तिका लागि विवरण पेस नगरेको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ५३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस