खानेपानीको माग गर्दै ज्ञापनपत्र « Khabarhub

खानेपानीको माग गर्दै ज्ञापनपत्र


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा खानेपानीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । संस्थाले वितरण गरेको पानी धमिलो, अशुद्ध र खानयोग्य नभएको नागरिकको गुनासो छ भने परीक्षणका क्रममा समेत खानेपानीमा कोलिफर्म भेटिँदै आएको बताइएको छ । 

बागलुङ बजारमा वितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको र संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको जनाउँदै राष्ट्रिय युवा संघ नेपाल बागलुङ नगर कमिटीले कार्यालयको अध्यक्ष र प्रबन्धक समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुझ्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले मागअनुसारको खानेपानी आपूर्ति गर्न नसकिएको र मङ्सिरपछि मात्रै नागरिकको धारोमा शुद्धीकरण गरेको पानी पठाउन सक्ने बताए ।

उनले बृहत् लिफ्ट आयोजना सम्पन्न नहुँदासम्म नगरपालिकाले मागअनुसारको पानी पठाउन नसक्ने जनाउँदै पानीको शुद्धिकरणको लागि सक्दो पहल भइरहेको र छिट्टै अधिवेशन गर्ने बताए । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ५ : ४८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी