गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको छ : वरिष्ठ नेता पौडेल « Khabarhub

गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको छ : वरिष्ठ नेता पौडेल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरूप अघि बढेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९ औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उनले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरूप चलेको स्पष्ट पारे।

बिपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ । उनले भने, “यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो ।”

बिपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोहीअनुरूप जनताको सपना साकार पार्न कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उनले बताए । उनले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गरे।

अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उनले निर्देशन दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ३५ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौं– सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, ५० लाखको क्षति

वीरगञ्ज– राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय