४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध « Khabarhub

४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी, बेलरिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङजा–पोखरा र डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध बनेका हुन् ।

साँफेबगर–मार्तडी–कोल्टी सडक अम्कोट–बल्दे र बाजुरामा अवरुद्ध छन् । बर्सात र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । सडक खुलाउनका लागि लोडर, स्काइभेटर निर्माणस्थलमा तयारी अवस्थामा भएको र वैकल्पिक बाटोका लागि स्थानीयवासीसँग जग्गा विवाद मिलाउने प्रयास भइरहेको छ ।

बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवा जिल्लाको बनुवामा अवरुद्ध रहेको छ । सो सडकको वैकल्पिक सडक मध्यम खालका सवारीसाधनका लागि खुलाइएको र अवरुद्ध सडक खुलाउनका लागि मर्मत भइरहेको विभागले जनाएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक अवरुद्ध रहेकामा अहिले ‘हेभि इक्वुपमेन्ट’को प्रयोग गरेर सडक खुलाउन प्रयास भइरहेको छ । डुम्रे–बेँशीसहर–चामे सडक लमजुङको उदीपुरमा अवरुद्ध भएको थियो । हाल सो स्थानमा अवरोध पन्छाउन थालिएको छ ।

आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेँशीसहर–चामे, सिर्सिया–पथलैया–हेटौँडा–भैँसे, तानसेन–रिडि–कोरला, पुष्पलाल (मध्य पहाडी) राजमार्ग, कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन् । यी सडकका विभिन्न खण्ड बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् ।

वैशाखयता २१ राजमार्गको १४९ स्थानमा सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेका थिए । ती सडकमध्ये हाल १३३ स्थानमा सडक दुवैतर्फबाट चालु रहेका छन् । एकातर्फबाट मात्रै चालु सडक १४ रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी