भारतद्वारा कनिकाको निर्यातमा प्रतिबन्ध | Khabarhub Khabarhub

भारतद्वारा कनिकाको निर्यातमा प्रतिबन्ध


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले टुक्रा चामल (कनिका) को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निषेधित गरिएको छ ।

अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो ।

यसअघि भारत सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिनको लागि गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो ।

विज्ञहरूका अनुसार भारतको चामल ढुवानीमा प्रतिबन्धले विश्वव्यापी खाद्य मूल्यलाई उच्च बनाउनेछ र विश्वव्यापी खाद्य मुद्रास्फीतिलाई बढाउनेछ ।

रुस–युक्रेन द्वन्द्व, खडेरी र गर्मीको लहरका कारण पहिलेदेखि नै बढिरहेको खाद्यान्नको मूल्यमा विश्वले पहिलेदेखि नै दबाबको सामना गरिरहेको छ ।

विश्वमा चामल निर्यात हुनेमध्ये ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारत सरकारले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले