इथियोपियाका भोकमरीग्रस्त क्षेत्रमा युक्रेनी खाद्यान्न पुगे « Khabarhub

इथियोपियाका भोकमरीग्रस्त क्षेत्रमा युक्रेनी खाद्यान्न पुगे


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्यान्न बोकेका कैयौँ ढुवानीका सवारीहरु युक्रेनबाट अफ्रिकी मुलुक इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको हो ।

सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ । युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुदै इथियोपियासम्म पु¥याइएको हो ।

आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पु¥याइने छ । एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती ढुवानीका सवारीहरु त्यहीँबाट फर्काइएको बताइएको छ । आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन् ।

उनीहरुका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ४४ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।