सवारी दुर्घटनामा दुईको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुईको मृत्यु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३-००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका-२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोलक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सु.प्र.प्र.०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई आज दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास नगरपालिका-२ बस्ने २८ वर्षीय सुगम तामाङको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ५२ बजे

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति