साफ महिला च्याम्पियनसिप : भुटानले रच्यो इतिहास « Khabarhub

साफ महिला च्याम्पियनसिप : भुटानले रच्यो इतिहास


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भुटानले साफ महिला च्याम्पियनसिप फुटबलमा ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानलाई ५–० ले पराजित गरेको हो ।

श्रीलङ्कालाई हराउँदै भुटानले पहिलो पटक साफ च्याम्पियनशिपको अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा भुटानले अहिलेसम्म जित्न सकेको थिएन । तर, शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्न सफल भयो । यो जितसँगै भुटानले महिला फुटबलमा इतिहास रच्न सफल भएको हो ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणमा भुटान श्रीलंकासँग १–१ को बराबरीमा रोकिएको थियो । यो नै भुटानको लागि सबैभन्दा ठूलो उपलब्धी थियो ।

यो जितसँगै भुटानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अब २७ गते नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा सकिए पनि भुटान सेमिफाइनलमा पुग्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ५६ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको