पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड « Khabarhub

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति नै पर्यटनका लागि स्वर्ग जस्तो भएकाले पहिले संरक्षणमा जोड दिएर पर्यटन प्रचारप्रसार र विकास दिगो हुने उनले बताए ।

यस्तै होटल एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले पछिल्लो समय नेपालको एक वर्षको बजेट बराबर होटल क्षेत्रमा लगानी भइरहेको भन्दै राज्यले त्यस क्षेत्रको संरक्षणमा चाँसो दिनुपर्ने बताए ।

यस्तै पेभेलियन मिडियाका प्रमुख नरेश श्रेष्ठले पर्यटनको लागि सरकारले दिगो रुपमा योजना बनाएर काम गर्नुपर्ने बताए ।

यस्तै ग्रामीण पर्यटनका अभियान्ता गोपाल थापाले संघीयतामा देश गएकाले अब पर्यटन बोर्डसँगै पालिका र प्रदेश सरकारले पनि पर्यटन प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । नेपाल ¥याफ्टिङ एशोसिएसनका अध्यक्ष शिव अधिकारीले जलयात्रा नेपालका लागि चुनौतिपूर्ण बनेको बताए ।

नेपालका खोला तथा नदीमा डोजर लगाएर अवैध रुपमा ढुंगा तथा बालुवा उत्खनन् बढेकाले जलयात्रा नै जोखिम र चुनौतिपूर्ण भएको उनले बताए । कार्यक्रममा पर्यटन क्षेत्रका अभियान्ता, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ४५ बजे

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा

ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण

काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले