जीवनभर माओवादी, मर्ने बेलामा एमाले ! « Khabarhub

जीवनभर माओवादी, मर्ने बेलामा एमाले !


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबार सञ्चारमाध्यममा एउटा दुःखद खबर बाहिरियो, त्यो थियो नेता बालकृष्ण ढुंगेलको निधन। बाथरुममा लडेर ढुंगेलको निधन भएको बताइएको छ।

घरपरिवार बाहिर रहेका बेला उनी लडेर मृत अवस्थामा भेटिएको समाचारमा उल्लेख छ। जो जीवनभर माओवादी नेताका रुपमा परिचित थिए। तर मृत्यु हुँदा उनी एमाले नेता भनेर सञ्चारमाध्यममा छाइए।

माओवादी द्वन्द्वमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा पटक पटक पक्राउ परेका र निकै बदनाम भएका ढुंगेल आफ्नो मृत्यु हुँदा भने एमाले नेताका रुपमा परिचित रहे। जुन सामान्य थिएन।

हत्या आरोप लागेका ढुंगेल नेपाली सञ्चारमाध्यममा माओवादीबाट बदनाम मानिन्थे। खासगरी हत्या आरोपपछि सुरुमा फरार रहेका उनी त्यसपछि पक्राउ परेका थिए। पक्राउ परेपछि पनि झण्डै आठ वर्ष जेल परेका थिए।

आफ्नो बचाउकै लागि उनी माओवादीभित्र पनि गुट फेर्दै हिँडेका नेता हुन्। सुरुमा प्रचण्डसँग नजिक उनी पछि माओवादीको वैद्य गुटसँग लागेका थिए। हत्या आरोपबाट बच्नैका लागि उनी केही समय विप्लवको पार्टीमा समेत लागे। भूमिगत भएर आरोपबाट बच्नका लागि उनले थुप्रै प्रयास गरेका थिए।

तर पनि सूक्ष्म निगरानी गरिरहने प्रहरीले उनलाई पक्राउ गरेरै छाड्यो। पक्राउ परेपछि उनी जेल परेर केही समयपछि राष्ट्रपतिबाट आममाफी पाएर छुटेका समेत हुन्। व्यवसायी श्रेष्ठका आफन्तले माओवादी ज्यादतीबाट मारिएपछि त्यसविरुद्ध निरन्तर संघर्ष गर्दै न्यायको माग गरेका थिए।

सोहीअनुसार अदालतले पनि श्रेष्ठकै पक्षमा फैसला गर्दै ढुंगेललाई सजाय दिन आदेश दिएको थियो। यसैकारण माओवादीमा निकै बदनाम भएका श्रेष्ठ अन्तिम समयमा आएर एमालेमा बसेका थिए।

तत्कालीन समयमा माओवादी र एमालेबीच एकता भएर नेकपा भएका बेला ढुंगेल एमालेतिर ढल्केका थिए। पछि एकता भाँडिएर माओवादी छुट्टिए पनि ढुंगेल लगायतका नेताहरु भने एमालेमै बसेका थिए।

सोही कारण उनी जीवनको अन्तिम समयमा एमाले नेता बनेका थिए। एमालेमा पोलिटब्युरो सदस्यसमेत रहेका ढुंगेल शनिबार मृत अवस्थामा भेटिए। जो नेपाली राजनीतिमा द्वन्द्वका कारण लगातार बदनाम र नेतृत्वको आदेश शिरोधार्य गर्दा हत्या आरोप लागेर जेल पुगेका थिए।

जीवनभर माओवादी नेता रहेका ढुंगेल मृत्यु हुँदा भने एमाले नेता भएपछि धेरैजसो आश्चर्यचकित पनि भएका थिए। स्वार्थको राजनीतिक जीवनमा को कति बेला पार्टी बदल्छ ? भन्ने एकिन नभए पनि नेताहरुको बाध्यात्मक स्वार्थ पनि जीवन र मृत्युको दोसाँधमा मात्रै सार्वजनिक हुने गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : ४७ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा