एलर्जी कसलाई हुन्छ अनुहार हेरेर भन्न सकिँदैन « Khabarhub

एलर्जी कसलाई हुन्छ अनुहार हेरेर भन्न सकिँदैन

‘धेरै एलर्जी हुँदा जाँच गराउनुपर्छ, फार्मेसीको औषधि खाने होइन’



काठमाडौँ : चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या र हैरानी पनि खेप्नुपर्ने बाध्यता आउँछ । खासगरि दसैँ, तिहार, होली जस्ता चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या खेप्नुपर्ने बाध्यता आउने गरेको हो । दसैँमा निधारमा लगाएको टिकाले पनि धेरैलाई पछिसम्म एलर्जी हुने गरेको छ । दसैँ र तिहारलक्षित विषयमा आधारित भएर छाला रोग विशेषज्ञ डाक्टर शिष्टताराज भण्डारीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पाति अंश:

दसैँ तथा तिहारको टीकाले पनि छालामा असर गर्छ भनिन्छ, चाडपर्व र त्यसपछि पनि कसरी छाला बचाउन सकिन्छ ?
दसैँको तयारीमा हामी टिका लगाउन तयार हुन्छौँ । त्यसको साथसाथै छालाको पनि ख्याल गर्नु पर्दछ । त्यसले गर्दा एलर्जी हुँदैन । हामीले मुख धोएर ‘मोइस्चराइजर’ लगाउनु पर्दछ । त्यसले छालालाई प्रोटेक्टिभ लेयर दिन्छ । र, त्यसको ५ मिनेट पछि सनक्रिम आफ्नो छाला अनुसारको लगाउनु पर्छ । एक पटक लगाएको सनक्रिमले ३ देखि ४ घण्टा काम गर्दछ । यसरी निधारमा टीका लगाएपछि र पूर्णिमासम्म टिका लगाउँदा पनि असर कम हुन्छ । सन क्रिम लगाउँदा किताबमा लेखेको अनुसार ५ ग्राम लगाउनु पर्दछ र एउटा औलाको भरि लगाउँदा राम्रो हुन्छ ।

सबै क्रिम एकै पटक लगत्तै लगाउँदा के हुन्छ ?
केहि हुँदैन । समय दिँदै लगाउँदा छालमा राम्रोसँग मिल्न पाउँछ । एकै पटक लगाउँदा मयलजस्तो भएर जान्छ ।

टिका लगाए पनि पछि एलर्जी के कारणले हुन्छ ?
टिका लगाउँदा कसैले अबिर मिसाएर लगाउँछन् । त्यो अबिर धेरै प्रकारको आउँछ । कुनै केमिकल भएको हुन्छ । त्यसैले कसैलाई एलर्जी भएर तुरुन्तै फोका आउने चिलाउने हुन्छ । र कसैलाई भोलि पल्ट राख्दा एलर्जी हुन्छ । तर भोलिपल्ट सम्म नराख्ने । बेलुका नै राम्ररी धुनु पर्दछ । टिका थाप्न गए पछि आफूले मोइस्चराइजर राम्ररी लगाएको छ भने तत्काल एलर्जी हुँदैन ।

कस्तो छालामा एलर्जी हुने र कस्तोमा नहुने हुन्छ ?
एलर्जी कसलाई बढी हुन्छ, अनुहार हेरेर भन्न सकिँदैन । ड्राई स्किन भएकोमा यो एलर्जी हुने सम्भावना बढी हुन्छ । किनभने ड्राई स्किनमा छालाको माथिल्लो लेयरमा सेरामाईजहरु कम्पोनेन्टहरू हुन्छ, त्यो कमी भएको कारणले एलर्जी हुने सम्भावना बढी हुन्छ ।

पछिल्लो समय टिकाको रंगहरु गाढा हुन्छ, साधारण तरिकाले धुँदा धेरै दिनसम्म जाँदैन, कसरी निकाल्ने त ?
टिकाको रंगहरु गाढा भयो भनेर जबरजस्ती निकाल्न खोज्दा झन् छालामा इरिटेसन हुने र चिलाउने हुन्छ । त्यसैले आफ्नो फेसवासले जति जान्छ, त्यति मात्र गर्ने । दैनिक धुँदा बिस्तारै जान्छ । वा डबल क्लीङजिङ गर्नु पर्दछ । धेरै नै एलर्जी भयो भने विशेषज्ञकोमा नै जानु पर्दछ ।

यो समस्या नआयोस् भनेर के के कुरा गर्ने त ?
बेसिक छालाको केयर गर्नु भयो भने तुरुन्तै एलर्जी हुँदैन । त्यसको लागि बिहान उठ्ने बित्तिकै फेसवास गर्ने र आफ्नो छाला अनुसारको सेरम लगाएर मोइस्चराइजर र सन क्रिम लगाउँदा एलर्जी तत्काल हुँदैन । आफू खुसी सेरम प्रयोग गर्नु भन्दा विशेषज्ञहरूको सल्लाह लिएर आफ्नो छालाको प्रकार थाहा पाउने र त्यही अनुसारको सेरम प्रयोग गर्नु पर्दछ यसले यो लगायो म पनि लगाउँछु कहिले पनि भन्नु हुँदैन ।

सुरुवातदेखि नै कसरी आफ्नो छालाको केयर गर्याे भने कुनै पनि समस्या आउँदैन ?
हामीले साधारणतया छालामा समस्या आएका बिरामीहरू सोझै अस्पतालमा आउनु हुन्न । धेरै फार्मेसीमा गएर धेरै क्रिम लगाएर आउनु हुन्छ । जसको छाला जुन धेरै बिग्रिसकेको हुन्छ । त्यो उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ । त्यसैले जुन पायो त्यही क्रिम र मलमहरू लगाउनु हुँदैन ।

कतिपयले घरमा नै बसेर जुन पायो त्यही फेसवासहरु प्रयोग गर्नु हुन्छ, त्यसले असर गर्छ कि गर्दैन ?
आफ्नो छालाको प्रकार अनुसारको क्रिमहरू फेसवासहरु प्रयोग गर्दा असर गर्दैन । जस्तोः ड्राई स्किन छ, तर ओइली स्किनको क्रिमहरू प्रयोग गर्नु भयो भने त्यसले गर्दा ड्राई स्किन झन् ड्राइ हुन्छ र एलर्जी हुने सम्भावना बढेर जान्छ । स्क्रब गर्दा कसैले दिनदिनै गर्नु हुन्छ जसले गर्दा छाला झन् पातलो बनाउँछ र हप्तामा एक पटक मात्र स्क्रब गर्नुपर्छ ।

जतिलाई अहिलेसम्म कुनै पनि समस्या आएको छैन वा केयर गर्नु भएको छ त्यो केयरलाई अझ राम्रो बनाउन बिहान देखि बेलुकासम्म के के गर्ने ?
आजकल मान्छेहरूले बिहान देखि बेलुका सम्म घरेलु केयर गर्नु हुन्छ । तर बिहान उठेर ड्राई स्किन छ भने फेसवासहरु प्रयोग गर्नुपर्छ । ओइली स्क्रिन छ भने त्यही अनुसारको फेसवास पाउँछ, त्यसैले फेसवास गरेपछि सेरम लगाएर मोइच्राइजर लगाउने र घर भित्र नै बसे पनि ३ घण्टाको फरकमा सनक्रीन लगाउँदा राम्रो हुन्छ । धेरै मेकअप गर्नु हुन्छ भने डबल क्लीङजीङ गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ०० बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक