फाइल फोटो

खेलकुद

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई

By खबरहब

October 09, 2022

सप्तरी – सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरका १० जिल्लाको सहभागिता रहेको थियो।