गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालनमा « Khabarhub

गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालनमा


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी – जिल्लामा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर्‍याएपछि जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रको सहयोग एवं रेसुङ्गा नगरपालिका र स्थानीय प्रशासनको पहलमा गएरातिदेखि विद्युत् पूर्ण रुपमा सञ्चालनमा आएको रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । पहिराले ट्रान्सफर्मरमा क्षति पुगेपछि गुल्मीको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव तथा मालारानी गाउँपालिकामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको थियो । पहिराले नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्यान्डलाइन टेलिफोन सेवा अझै अवरुद्ध छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने