लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित | Khabarhub Khabarhub

लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको हो। वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन्।

यस्तै, दैनिक कामकाज ठप्प भएको छ। दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ। वर्षाले किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ। पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजीत विष्टले गुनासो गरे।

खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताउनुभयो। केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन्।

यस्तै ग्रामीण सडक पानीले हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन्। यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध भएको छ। सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो। अझै दुई–तीन दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागहमा वर्षा भइरहेको छ। अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ४४ बजे

माओवादीमा जेन–जी रेडफोर्स गठन

काठमाडौं– नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरूले जेन–जी रेडफोर्स गठन गरेका

चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी

काठमाडौं– चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला