काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता  « Khabarhub

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिवक्ता समेत रहेका उनले ‘नयाँ भिजन, मिसन र एक्सनसहितको युवा पुस्ता, विज्ञान–प्रविधियुक्त सामाजिक व्यवस्था’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

उनले राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने बताए । उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : १४ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको