उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ : प्रवक्ता पौडेल  « Khabarhub

उत्साहजनकरुपमा मनोनयन दर्ता भइरहेको छ : प्रवक्ता पौडेल 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता देशभर उत्साह वर्द्धक रूपमा भइरहेको छ ।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उम्मेदवारी दिने सिलसिलामा कतिपय उम्मेदवारको कागजपत्रका व्यवस्थापनसम्बन्धी समस्या परेकामा आयोगको केन्द्रीय कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट त्यसको सहजीकरणको काम भइरहेको जानकारी दिइएको छ ।

अहिले मुलुकका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्धक्क भएर शान्तिपूर्ण वातावरणमा मनोनयनपत्र दर्ता गराइरहेका छन् । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ५३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष