गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी « Khabarhub

गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले  उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदवारी दर्ता गराएका हुन् ।

समर्थकहरूसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

खाँणको प्रतिस्पर्धाको रूपमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहितको उम्मेदवार छन् । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यस पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा रहेकी छन् ।

यस्तै प्रदेशसभा तर्फ ३ क मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेशसभा तर्फ ३ ख बाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजवादी, लोसपा र जनमोर्चा रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको