प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता « Khabarhub

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्।

उनका तर्फबाट उनको धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।

वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेका डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेलधुरा पुगेका थिए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका डडेलधुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३१ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने