नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि « Khabarhub

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलव २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।

नबिल बैंक रु तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक नौ दशमलव ९५, उपकार लघुवित्त नौ दशमलव ८४, गुह्यश्वरी मर्चेन्ट बैंक आठ दशमलव ७०, मितेरी डेभलपमेन्ट बैंक आठ दशमलव २३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलव ९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलव ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलव ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलव ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलव ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलव ८० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ५७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक