यु १७ एसियन कप छनोट : नेपाल जितविहीन « Khabarhub

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो ।

चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि प्रशान्त लक्षम र धनसिंह विकले समान एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलमा चाइनिज ताइपेइले अग्रता लिएको थियो । नवौं मिनेटमा कप्तान प्रशान्त लक्ष्यमको गोलमा नेपाल खेलमा १–१ को अवस्थामा फर्कियो । २८औँ मिनेटमा ताई यान याओको गोलमा ताइपेइले पुनः अग्रता लियो ।

६१ औँ मिनेटमा धन सिंह विकको गोलमा नेपाल खेलमा फर्किएको थियो । ७९ औँ मिनेटमा रक्षक दीपक थापा मगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै नेपालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । ८० औँ मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा ताइपेईले अग्रता ३–२ मा पुर्‍याएको थियो । ८९ औँ मिनेटमा ताई यान याओले ताइपेईका लागि चौथो गोल गरे ।

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । त्यसैले नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।

पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५–० को नतिजा सुम्पिएको थियो ।

यता चाइनिज ताइपेइ भने प्रतियोगितामा सुखद अन्त्य गर्न सफल भएको  छ । पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तीन खेलमा अंकविहीन रह्यो । आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुङ्गो लगाउने छ ।

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २९ बजे

कुलमानद्वारा सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत निरीक्षण

सिरहा– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन– भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान

जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी

काठमाडौं ब्राजिलको बेलेममा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३० चलिरहेका बेला

टेकुदोभानका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यबारे छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली

झापा कारागारका एक कैदीको मृत्यु

झापा– जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको