यु १७ एसियन कप छनोट : नेपाल जितविहीन « Khabarhub

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो ।

चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि प्रशान्त लक्षम र धनसिंह विकले समान एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलमा चाइनिज ताइपेइले अग्रता लिएको थियो । नवौं मिनेटमा कप्तान प्रशान्त लक्ष्यमको गोलमा नेपाल खेलमा १–१ को अवस्थामा फर्कियो । २८औँ मिनेटमा ताई यान याओको गोलमा ताइपेइले पुनः अग्रता लियो ।

६१ औँ मिनेटमा धन सिंह विकको गोलमा नेपाल खेलमा फर्किएको थियो । ७९ औँ मिनेटमा रक्षक दीपक थापा मगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै नेपालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । ८० औँ मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा ताइपेईले अग्रता ३–२ मा पुर्‍याएको थियो । ८९ औँ मिनेटमा ताई यान याओले ताइपेईका लागि चौथो गोल गरे ।

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । त्यसैले नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।

पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५–० को नतिजा सुम्पिएको थियो ।

यता चाइनिज ताइपेइ भने प्रतियोगितामा सुखद अन्त्य गर्न सफल भएको  छ । पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तीन खेलमा अंकविहीन रह्यो । आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुङ्गो लगाउने छ ।

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २९ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६