सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी « Khabarhub

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।

यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।

राउत गठबन्धनबिना नै चुनाव लड्दै छन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ५१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको