सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला « Khabarhub

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेको बताएका छन्।

सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आफ्नो कार्यकालको अन्तिम दिन आफूले गरेको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ अधिकतम प्रयास गरेर अन्तिम अवस्थामा रहेको बताए।

“नेपालमा शान्ति प्रक्रिया लामो समयसम्म रह्यो, आठ वर्षसम्म आयोग राखियो”, मन्त्री कोइरालाले भने, “सबै प्रयत्न गरियो, संसद्को कार्यकाल सकिएकाले अघि बढ्न सकेन तर सबै तयारी अवस्थामा छ ।” मन्त्री कोइरालाले सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहयोग गरेको भए पनि समय हुँदा पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा केही राजनीति भएर अघि बढ्न नसकेको सुनाए।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ कानुनका विज्ञको हैसियतले कोइरालालाई गत चैत २४ गते कानुनमन्त्रीमा नियुक्त गरिएको थियो । आज ६ महिनाको कार्यकाल पूरा भएर बिदाइ भएका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : २७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस