सञ्चारमन्त्री कार्कीद्वारा उम्मेदवारी दर्ता « Khabarhub

सञ्चारमन्त्री कार्कीद्वारा उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इनरुवा- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ समेत निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम इनरुवामा पुगी उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । बाजागाजासहित मन्त्री कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) बाट सदानन्द मण्डल र ४ (ख) बाट हाजी इसराइल मंसुरीले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ मा १ नं प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वतारणमन्त्रीसमेत रहेका जगदीशप्रसाद कुसियैतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र क्षेत्र नं ४ (ख) बाट अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४