विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित) | Khabarhub Khabarhub

विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)



दोहा – फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेका कतार र इक्वेडरबीचको खेल नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ ।

पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ । समूह चरणमा एक दिनमा ४ खेल हुनेछन् । समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ गतेसम्म हुनेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया र समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया, समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, कोष्टारिका रहेका छन्।

यस्तै समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, क्रोएसिया र मोरक्को रहेका छन् भने समूह ‘जी’ मा ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।

नेपाली समयअनुसार विश्वकप खेल तालिका :

समूह चरण

मंसिर ४
१. समूह ‘ए’ – कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५
२. समूह ‘ए’ – सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)
३. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे)
४. समूह ‘बी’ – अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ६
५. समूह ‘डी’ – फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)
६. समूह ‘डी’ – डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)
७. समूह ‘सी’ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)
८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर ७
९. समूह ‘एफ’ – बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे)
११. समूह ‘ई’ – जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे)
१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ८
१३. समूह ‘जी’ – स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)
१४. समूह ‘एच’ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे)
१५. समूह ‘एच’ – पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)
१६.समूह ‘जी’ – ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर ९
१७. समूह ‘बी’ – वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)
१८. समूह ‘ए’ – कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)
१९. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
२०. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १०
२१. समूह ‘डी’ – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)
२२. समूह ‘सी’ – पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे)
२३. समूह ‘डी’ – फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)
२४. समूह ‘सी’ – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर ११
२५. समूह ‘ई’ – जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे)
२६. समूह ‘एफ’ – बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे)
२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)
२८. समूह ‘ईं’ – स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १२
२९. समूह ‘जी – क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)
३०. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे)
३१. समूह ‘जी’ – ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे)
३२. समूह ‘एच’ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १३
३३. समूह ‘बी’ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)
३४. समूह ‘बी’ – इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)
३५. समूह ‘ए’ – इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)
३६. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

मंसिर १४
३७. समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)
३८.समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)
३९. समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)
४०. समूह ‘सी’ – साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १५
४१. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)
४२. समूह ‘एफ’ – क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)
४३. समूह ‘ईं’ – जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)
४४. समूह ‘ईं’ – कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १६
४५. समूह ‘एच’ – घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)
४६. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे
४७. समूह ‘जी’ – सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे)
४८. समूह ‘जी’ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

प्रि–क्वाटरफाइनल
मंसिर १७ शनिबार
४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)
५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार
५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)
५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार
५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)
५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)
५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल
मंसिर २३ गते शक्रबार
५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)
५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार
५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)
६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार
६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान
पुस २ गते शनिबार
६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल
पुस ३ गते आइतबार
६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३६ बजे

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय