सुनको मूल्य एकै दिन चौँध सयले बढ्यो « Khabarhub

सुनको मूल्य एकै दिन चौँध सयले बढ्यो


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ। म‌ंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ५६ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल