चुनाव जितेर सोलुको विकासलाई पूर्णता दिन्छु : बलबहादुर केसी « Khabarhub

चुनाव जितेर सोलुको विकासलाई पूर्णता दिन्छु : बलबहादुर केसी


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफूले थालेको माप्यको विकास निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो कर्तव्य रहेको बताएका छन्।

माप्य दुधकोसी- ६ वाकुमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले माप्यसहित समग्र सोलुको विकासका लागि आफू क्रियाशील हुँदै आएको र बाँकी रहेका कार्यलाई पूर्णता दिने गरी काम गर्ने प्रतिबद्धता जनाए।

करिब दुई तिहाइ मत पाएको तत्कालीन केपी ओली नेतृत्वको सरकारले जनताको अधिकारलाई बन्चित गर्ने कार्य गरेको भन्दै आक्रोशित भएका उनले ठूलो त्याग र बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धि र संविधानलाई नै नामेट पार्न ओली सरकार क्रियाशील भएको आरोप लगाए।

जनताको छोरा छोरी राष्ट्र प्रमुख बन्नेगरी बनाइएको संविधानलाई नै नामेट पारेर एकलौटी व्यवस्थाका मालिक ज्ञानेन्द्र शाहको दोस्रो रुप बन्न ओली खोजेको नेता केसीको भनाइ छ।

प्रतिगमनका सबै मतियारलाई परास्त गरी अग्रगामी नवीन सोच समुन्नत राष्ट्र बनाउने योजनाका साथ आफू क्रियाशील रहँदै आएको भन्दै उनले यसका लागि जनताको साथ र सहयोग आवश्यक पर्ने बताए।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ०२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर