प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– आसन्न मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटाैँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अबेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा  मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका  कार्य तीव्ररुपमा भइरहको बताइएको छ ।

अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे  छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले  जानकारी दिए। मकवानपुरका  १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए । समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतबार हेटौँडा आइपुगेको छ ।

निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने निरौलाले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयबाट  जिल्लामा रहेका  मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमनसमेत भइरहेको छ  ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर निरीक्षण गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्षरूपमा सम्पन्न गर्न  वातावरण तयार भएकाले ढुक्क भएर निर्वाचन गर्न सबैलाई आग्रह गरे ।

जिल्लामा मतदानस्थल एक सय ६७ र मतदान केन्द्र तीन सय ६४ रहेका छन् । निर्वाचनमा दुई हजार नौ सय १२ कर्मचारी र एक हजार चार सय ४२ स्वयम्‌सेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पुरुष मतदाताको सङ्ख्या एक लाख ५३ हजार पाँच सय २८ तथा महिलाको सङ्ख्या एक लाख ४७ हजार दुई सय र अन्यको सङ्ख्या पाँच रहेको बताइएको छ । 

जिल्लामा मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमुना मतदान कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । साथै मतदाता शिक्षा पनि पालिकामा जारी रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : १५ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब