फाइल तस्वीर

ब्रेकिङ स्टोरी

घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

By खबरहब

November 09, 2022

काठमाडौं– निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ । 

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो । 

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरूले उम्मेदवारहरूले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।