यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या « Khabarhub

यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन् ।

सरकारको नियन्त्रणमा रहेको प्रान्त मारिबमा नकाब लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका हुन् ।

अल–जरादी सहरमा आफ्नो कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका थिए ।

अल–जरादी साउदी अरब समर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए । उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारवाहीको नेतृत्व गर्दै आएका थिए ।

आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएको बताइएको छ । स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन् । तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिनका लागि साउदी अरब समर्थित यमनी सरकारी सेना र हुथी विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन् ।

प्रायः शिया सम्प्रदाय मान्ने हुथी विद्रोही समूहले देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेसँगै सन् २०१४ मा गृहयुद्ध भड्किएको थियो । पछि हुथी विद्रोहीले राजधानी सानाबाट यमनी सरकारलाई पनि लखेटेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ५१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट