यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या « Khabarhub

यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन् ।

सरकारको नियन्त्रणमा रहेको प्रान्त मारिबमा नकाब लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका हुन् ।

अल–जरादी सहरमा आफ्नो कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका थिए ।

अल–जरादी साउदी अरब समर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए । उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारवाहीको नेतृत्व गर्दै आएका थिए ।

आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएको बताइएको छ । स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन् । तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिनका लागि साउदी अरब समर्थित यमनी सरकारी सेना र हुथी विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन् ।

प्रायः शिया सम्प्रदाय मान्ने हुथी विद्रोही समूहले देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेसँगै सन् २०१४ मा गृहयुद्ध भड्किएको थियो । पछि हुथी विद्रोहीले राजधानी सानाबाट यमनी सरकारलाई पनि लखेटेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ५१ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक