लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने | Khabarhub Khabarhub

लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लुमन्ती नामक गैरसरकारी संस्थाको आवासका लागि सहयोग समूहअन्तर्गत भूकम्प पिडितहरुको लागि सुन्दरबजार नगरपालिकामा निर्माण गरिन लागेका दुई कोठे घरको शिलान्यास भएको छ।

सिआरएस नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा लुमन्तीले सुन्दरबजार नगरपालिकामा २० वटा, दोर्दी गाउँपालिकामा १६ वटा र दूधपोखरी गाउँपालिकामा चारवटा दुई कोठे घर निर्माण गर्दैछ।

सम्बन्धित घरधनीको समेत सहभागितामा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि दुई कोठे भवन निर्माण गर्न लागिएको लुमन्तीका आवास संयोजक उज्वल अधिकारीले जानकारी दिए। उनका अनुसार सुन्दरबजार नगरपालिका–७ बाट घर निर्माण कार्य सुरु भएको बताए।

लुमन्तीले विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि घर निर्माणमा ५० हजार रुपैयाँ अनुदान दिने, सामान उपलब्ध गराउने र घर बनाईदिने गरी तीन किसिमका कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

अघिल्लो वर्ष परियोजनाले ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो। यससँगै सप्रोस नेपालले लाईभलिहुड कार्यक्रम सञ्चालनसमेत गर्दै आएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ४४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको