लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने « Khabarhub

लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लुमन्ती नामक गैरसरकारी संस्थाको आवासका लागि सहयोग समूहअन्तर्गत भूकम्प पिडितहरुको लागि सुन्दरबजार नगरपालिकामा निर्माण गरिन लागेका दुई कोठे घरको शिलान्यास भएको छ।

सिआरएस नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा लुमन्तीले सुन्दरबजार नगरपालिकामा २० वटा, दोर्दी गाउँपालिकामा १६ वटा र दूधपोखरी गाउँपालिकामा चारवटा दुई कोठे घर निर्माण गर्दैछ।

सम्बन्धित घरधनीको समेत सहभागितामा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि दुई कोठे भवन निर्माण गर्न लागिएको लुमन्तीका आवास संयोजक उज्वल अधिकारीले जानकारी दिए। उनका अनुसार सुन्दरबजार नगरपालिका–७ बाट घर निर्माण कार्य सुरु भएको बताए।

लुमन्तीले विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि घर निर्माणमा ५० हजार रुपैयाँ अनुदान दिने, सामान उपलब्ध गराउने र घर बनाईदिने गरी तीन किसिमका कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

अघिल्लो वर्ष परियोजनाले ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो। यससँगै सप्रोस नेपालले लाईभलिहुड कार्यक्रम सञ्चालनसमेत गर्दै आएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ४४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार