लुम्बिनी र शान्ति नमूना अन्तरविद्यालय क्रिकेटको फाइनलमा « Khabarhub

लुम्बिनी र शान्ति नमूना अन्तरविद्यालय क्रिकेटको फाइनलमा


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि, मणिग्राम फाइनल प्रवेश गरेका छन् । रूपन्देही क्रिकेट संघको आयोजनामा शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साइग्लोबल स्कुल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । 

लुम्बिनी र शान्ति नमूनाबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको झिनो योगफल बनाएको थियो । उसका लागि सन्दीप लोधले १५ र विन्दराम यादवले १२ रन बनाए । बलिङमा काशीका आदित्य शर्माले ५ तथा शौगात लिम्बुले २ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको काशी १४.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो र हार बेहोर्यो । उसका लागि प्रथम कँडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ४ तथा अब्दुल नदिम शेषले २ विकेट लिए । लुम्बिनीका अब्दुल हविव म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले ४५, नविन भण्डारीले २३ र सन्देश भण्डारीले १४ रन जोडे । बलिङमा साइग्लोबलका ओशामा शेष र श्यामु पासवानले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा साइग्लोबल १०.१ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमै सीमित रह्यो । उसका लागि अजिम खाँनले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले ३ तथा रोशन बश्याल र रुविन पराजुलीले समान २-२ विकेट लिए । शान्ति नमूनाका स्वस्तिक पराजुली म्यान अफ द म्याच भई पँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । शनिबार समापन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ५५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ